काठमाडौँ– विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल चार दिनका लागि बिदामा बसेका छन् ।
न्यायाधीश फुयाँलले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग कात्तिक १७ देखि २० गतेसम्मका लागि बिदा स्वीकृत गराएका हुन् ।
कात्तिक २० गतेपछि तिहार बिदा सुरु हुने भएकाले न्यायाधीश फुँयाल कम्तीमा कात्तिक २७ गतेसम्म अदालतको काममा उपस्थित नहुने देखिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा हिरासतमा रहेका इनम सापकोटा र न्यायाधीश फुयालबीच भएको भनिएको कुराकानीको स्क्रिनसट सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

तपाईको प्रतिक्रिया !