ढल्केवर, धनुषा।

धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिज मा हुने मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता का लागि समाजसेवी राजलाल महतोले क्रिकेट खेल सामाग्री र जर्सि प्रदान गरेका छन् ।
हाम्रो युवा क्लब ढल्केवर ,लियो क्लब अफ मिथिला आदर्श, लियो क्लब अफ काठमाडौं क्यापिटल र लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्स को संयुक्त आयोजनामा मिथिला नगरपालिका -२ मा रहेको श्री जनता मावि नक्टाझिज को खेल मैदानमा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता को आयोजना गरिएको छ।
महोत्तरीको गौशाला महिला क्रिकेट टिम र धनुषाको मिथिला नगरपालिका को महिला क्रिकेट टिम बिच मैत्रीपुर्ण प्रतिस्पर्धा हुने आयोजकले बताएको छ।

सोही अवसरमा मिथिला नगरपालिका -६ ढल्केवर घर भएका समाजसेवी राजलाल महतोले क्रिकेट खेलाडीहरुलाई ब्याट,आधा दर्जन बल , ग्लभ्स् र म्याच खेल्ने जर्सी प्रदान गरिएको छ।
” ग्रासरुटमा खेलीरहेका खेलाडीहरुलाई स्रोत र साधनको अभाव रहेको र उनीहरुलाई प्रतियोगिता खेल्ने अवसर पनि कमै मिल्ने भएकाले आफु सहयोग गरेको समाजसेवी राजलाल महतोले बताउनुभयो “।
क्रिकेट समाग्रीहरु पाउँदा र मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता को आयोजना गरिदिएको मा मिथिला नगरपालिका महिला क्रिकेट टिमले समाजसेवी राजलाल महतोलाई धन्यवाद ज्ञापन गरेका थिए ।







तपाईको प्रतिक्रिया !