सप्तरी। सप्तरीको राजविराजमा ग्रामिण र सहरी क्षेत्रका विधालयहरुमा तराई मधेस कानुन विधार्थी समाज नामँक संस्थाले लिगल भ्वाइस क्याम्पेन अन्तरगत कानुनी साक्षरता कार्यक्रम गरिरहेको छ ।

विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्दै सचेत विद्यार्थी र जिम्मेवार नागरिक बनाउने उद्देश्यले सप्तरीको राजविराजमा सञ्चालन गरेको ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ ले विधार्थीहरु माझ मौलिक अधिकार, मानव अधिकार का बारेमा जानकारी गराउदै आएको छ।
तराई–मधेश कानुन विद्यार्थी समाज,सप्तरीको आयोजनामा सञ्चालन भइरहेको उक्त अभियानमार्फत विद्यार्थीहरूलाई नेपालको संविधान, प्रचलित कानुनी व्यवस्था, मौलिक हक तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी गराउने लक्ष्य राखिएको छ ।

अभियानअन्तर्गत विद्यार्थीहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाउनुका साथै समाज र राष्ट्रप्रतिको दायित्व तथा जिम्मेवारीबोध गराउने उद्देश्यले कानुनी सचेतनामूलक सत्र सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कानुनका विद्यार्थी उत्सव कुमार झा, कोमल शाह, सोनल देव र प्रशान्त थापा मगरले अभियानको उद्देश्यबारे जानकारी दिँदै कानुनसम्बन्धी आधारभूत ज्ञान प्रत्येक नागरिक, विशेषगरी विद्यार्थीहरूका लागि आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार कानुनी ज्ञानले विद्यार्थीलाई आफ्नो अधिकारको संरक्षण गर्न, अन्यायविरुद्ध आवाज उठाउने र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्नेछ।
यसैबीच, कानुनका विद्यार्थी उत्सव कुमार झाले राजविराजमा “यस प्रकारको कानुनी सचेतनामूलक सत्र पहिलो पटक सञ्चालन गरिएको दाबी गरेका छन्। उनका अनुसार विद्यार्थी तहबाटै कानुनी ज्ञान र चेतनाको विकास गर्न सके समाजमा कानुनी शासन, न्याय र जिम्मेवार नागरिक संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताउछन्।







तपाईको प्रतिक्रिया !