धनुषाको नक्टाझिजमा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न।

न्यूज डेस्क
२०८३ कार्तिक १९, बिहिवार १८:५७

दिवेश कुमार महतो।‌ढल्केवर ।

ध‌नुषाको मिथिला नगरपालिका -२ स्थित श्री जनता मावि नक्टाझिजको खेल मैदानमा बिहिबार मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।

मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता मा सहभागी धनुषाको‌ मिथिला नगरपालिका महिला क्रिकेट टिम र गौशला महिला क्रिकेट टिम बिचको संयुक्त फोटो।

लियो क्लब अफ मिथिला आदर्श का अध्यक्ष धर्मेन्द्र कुमार महतोको अध्यक्षता र ढल्केवर का समाजसेवी राजलाल महतोको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा महोत्तरी र धनुषाको दुईवटा क्रिकेट टिम बिच प्रतिस्पर्धा गराइएको थियो।

 

धनुषाको मिथिला नगरपालिका को श्री स्पोर्ट्स क्लब विरुद्ध महोत्तरीको गौशाला महिला क्रिकेट टिम बिच भएको प्रतिस्पर्धामा गौशाला महिला क्रिकेट टिमले विजय हासिल गरेको छ।

धनुषाको मिथिला नगरपालिका महिला क्रिकेट टिम। फोटो:- दिवेश कुमार महतो।

टस जितेर ब्याटिङ गरेको मिथिला नगरपालिका महिला क्रिकेट टिमले‌ निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । मिथिला नगरपालिका बाट मोनिका रायले सर्वाधिक १६ रनको योगदान दिएको थियो। ५५ रनको लक्ष्य पछ्याएको महोत्तरीको गौशाला टिमले ५ विकेटको क्षतिमा ११ ओभरमै लक्ष्य पुरा गर्दै विजय भएको थियो । महोत्तरीका लागि काजल महतोले ४ ओभरमा २ मेडेन सहित ८ रन दिएर सर्वाधिक ४ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भई नगद पुरस्कार प्राप्त गरेकी थिइन् भने प्रतियोगिता मा सर्वाधिक रन हानेकी धनुषा मिथिला नगरपालिका का मोनिका राय उत्कृष्ट ब्याट्सम्यान भएकी थिइन्।

आज भएको खेलको उत्कृष्ट ब्याट्सम्यान धनुषा मिथिला नगरपालिका की मोनिका राय

क्रिकेट खेलको विकास तथा प्रवर्द्धन, महिला खेलाडीहरूको प्रतिभा पहिचान, खेलप्रतिको उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै खेलकुदलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा सहभागी दुवै टिमलाई प्रमाण पत्र,सिल र मेडल प्रदान गरिएको छ ।

 

खेलका क्रममा जनता मावि नक्टाझिजका शिक्षक – शिक्षिकाहरुले खेलाडीहरुको हौशला बढाउन प्रत्येक चौका, छक्का,मेडेन ओभेर , हायट्रिक विकेट, अर्धसतक र शतक विधामा नगद पुरस्कार सहित फ्रुटि र रेडबुलको व्यवस्थापन गर्नुभएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा आर्थिक सहयोगदाता समाजसेवी राजलाल महतोले “महिला क्रिकेट खेलको विकास र स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गर्नुपर्ने बताउनुभयो। उहाँले मिथिला नगरपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने प्रतिभावान खेलाडीहरूको सम्भावना रहेकाले उनीहरूलाई आवश्यक खेल सामग्री, प्रशिक्षण र अवसर उपलब्ध गराउन स्थानीय सरकार तथा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो। साथै, प्रतियोगितालाई सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो।”

आजको कार्यक्रम का प्रमुख अतिथि एवम् सहयोगदाता समाजसेवी राजलाल महतो।

त्यस्तै, सहभागी खेलाडीहरूले प्रतियोगिताले आफूहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलप्रतिको उत्साह, आत्मविश्वास र अनुभव अभिवृद्धि गर्न सहयोग पुगेको बताएका थिए। उनीहरूले प्रतियोगिता आयोजना गर्ने आयोजक संस्था, आर्थिक सहयोगदाता राजलाल महतो, प्रोत्साहन गर्ने शिक्षक–शिक्षिका तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका थिए।

 

“महिला खेलाडीहरूको सहभागिता र उत्साहजनक प्रतिस्पर्धाले स्थानीयस्तरमा महिला क्रिकेटको सम्भावना उजागर गरेको यस प्रतियोगिताले खेलकुद विकासका लागि स्थानीय तह, सामाजिक अभियन्ता, शैक्षिक संस्था र युवा क्लबहरूबीच सहकार्य आवश्यक रहेको ” जनता मावि नक्टाझिजका प्रअ श्याम कुमार यादवले बताउनुभयो।

 

कार्यक्रम का विशिष्ट अतिथि का रुपमा मिथिला नगरपालिका -२ का वाडा अध्यक्ष बिहारी महतो,जनता मावि नक्टाझिजका प्राधानाध्यापक श्याम कुमार यादव, हाम्रो युवा क्लब का अध्यक्ष दिपेश कुमार सिंह,लियो क्लब अफ काठमाडौं क्यापिटल का अध्यक्ष लियो अन्जली कुमारी कुशवाहा, लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्स का प्रतिनिधिहरु , ऐभरेष्ट युवा क्लब नक्टाझिज का अध्यक्ष रामऔतार महतो, हिमालय युवा क्लब का प्रतिनिधिहरु, गौशला नगर युवा सञ्जाल का अध्यक्ष भरत महतो कोइरी, गौशला महिला क्रिकेट टिम का अध्यक्ष संजित कुमार महतो, उपाध्यक्ष रामहरि महतो , गौशला महिला क्रिकेट टिम का प्रशिक्षक नविन कुमार महतो , मिथिला नगरपालिका महिला क्रिकेट टिम का प्रशिक्षक रोजी कडारी , जनता मावि नक्टाझिजका शिक्षक रोहित महतो,विश्वनाथ महतो,पंकज तिवारी, दिनेश सिंह, गोविन्द न्यौपाने, मनोज महतो लगायत विधार्थी र खेलप्रेमी स्थानिय बासिन्दाहरुको उपस्थित रहेको कार्यक्रमका संयोजक दिवेश कुमार महतोले बताउनुभयो ।

 

कार्यक्रमको उद्घोषण श्री हिमालय युवा क्लब नक्टाझिज का पुर्वअध्यक्ष अरुण कुमार महतोले गर्नु भएको थियो भने स्थानिय उमाशंकर महतो र सुवराज महराले एम्पायरको भुमिका निर्वाह गरेका थिए।

दुवै क्रिकेट टिमको सामुहिक फोटो

 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर